सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – विश्वका ठुला चलचित्र महोत्सवहरुमा आफ्नो यात्रा जनाएको नेपाली चलचित्र ‘राजागंज’ टीजर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक चलचित्रको टीजरले चलचित्र हेर्न दर्शकहरुलाई कौतुहलता जगाउछ । टीजर भन्दा पहिले चलचित्रका मुख्य महिला पात्रको लुक्स सार्वजनिक पोस्टरहरुले पनि चलचित्र प्रतिक्षित बनेको थियो ।
चलचित्रमा सात जना महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । महिलाप्रधान चलचित्रको शीर्ष भूमिकामा आशा मगराती छिन्। चलचित्रमा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा तथा नीरज श्रेष्ठ आदी कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
देश बाहिर ‘पूजा, सर’ को नाममा प्रिमियर भएको चलचित्र स्वदेशमा ‘राजागंज’ शीर्षकमा प्रदर्शन हुनेछ। टी फोक्स फिल्मस् र ब्यनकटेस इन्टरटेन्मेन्टले चलचित्रलाई नेपालभर वितरण गर्नेछन्।
दीपक रौनियारको निर्देशन रहेको चलचित्रको निर्मातामा रामबाबु गुरूङ र दयाहाङ राईसँगै भारतीय निर्देशक अनुराग कश्यप पनि जोडिएका छन्।
यसका निर्देशक रौनियारको चलचित्र ‘हाइवे’ ले २०१२ मा बर्लिन फिल्म फेस्टिभलमा प्रतिस्पर्धा गरेको थियो। उनको दोस्रो चलचित्र ‘ह्वाइट सन’ भेनिस, टोरोन्टो, लोकार्नो, बुसान लगायतका महोत्सवमा छानिनुका साथै यसले सिंगापुर र पाम स्प्रिंग्समा उत्कृष्ट चलचित्रको अवार्ड जितेको थियो।
‘राजागंज’ भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएसँगै फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, बेलायत लगायतका देशहरूमा प्रदर्शन अधिकार प्रतिष्ठिन कम्पनीहरूलाई बिक्री गरिसकेको जनाइएको छ।
चलचित्र नेपालमा चैत १ गते देखि रिलिज हुने भएको छ ।
प्रतिक्रिया