सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । चलचित्रले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ ।

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र विशेषत बाबुछोरीको कथामा आधारित छ । चलचित्रको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ । प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।

आगामी फागुन २ गते रिलिज हुने चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । चलचित्र ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com