सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत फागुन १४ गतेदेखि शिवरात्रिको अवसर पारेर प्रदर्शन मा आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ ।
राम्रो व्यापारसहित चलचित्र दोस्रो हप्तामा प्रवेश गरेको छ । उच्च शोसहित चलचित्रले दोस्रो हप्तामा प्रवेश गरेको हो ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै चलचित्रलाई बिहीवार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको छ ।
‘लाज शरणम्’ले पहिलो दिन १ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । त्यस यताको कलेक्सन भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । अहिले प्रदर्शनरत चलचित्रले व्यापारिक रूपमा सफलता हासिल गरिरहेको छ।
चलचित्र ‘लाज शरणम्’ मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रको निर्देशन कुमार कट्टेलले गरेका छन् ।
चलचित्रमा कलाकारहरु सिताराम कट्टेल (धुर्मुस) संगै विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतकाहरुको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको चलचित्रका निर्माता नविन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।
प्रतिक्रिया