सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –फागुपूर्णिमाको अवसरमा, चलचित्र ‘आउट लः दफा २१९’ बिहीबारबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका छन् । चलचित्रमा अमित अग्रहरीको लागनी रहेको छ ।
चलचित्रको टीजर,ट्रेलरमा अभिनेता शुशील श्रेष्ठको एक्सन दृश्यका कारण चलचित्र अहिले चर्चामा छ ।चलचित्रमा शुशीललाई राम्रो मेहनत गराइएको देखिन्छ । भोलि फागु पुर्णिमा देखि चल्ने चलचित्रमा सबैको आशा बाँधिएको छ ।
चलचित्रका निर्देशक विक्की महर्जनका अनुसार, चलचित्र निर्माण गर्नका लागि २ वर्षको समय र सबै टिमको कडा मेहनत लागेको छ। उनले भने, ‘चलचित्रमा केवल एक्सन मात्रै होइन, एक्सनसँगै नेपालका महत्वपूर्ण विषयहरूलाई पनि उठान गरिएको छ। यसमा एक्सन, ड्रामा, कमेडी र थ्रीलर सबै मिश्रित छ। दर्शकलाई यस पटक धेरै सरप्राइजको सामना हुने छ, ट्रेलरमा भने सबै कुरा खोलिएको छैन।’
फिल्मको मेकिङ, प्रस्तुति, एक्सन र कलाकारहरूको अभिनय विशेष चर्चामा छन्। नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई आश्चर्यचकित बनाएको छ। यसैले, बक्स अफिसमा यो चलचित्रले राम्रो कमाई गर्ने विश्वास गरिएको छ।
सुशिल श्रेष्ठको शीर्ष भूमिका रहेको साथै प्रदर्शन तयारीमा रहेका चलचित्र ‘आउटलः दफा २१९’ ले १०७ शो पाएको छ। हलले प्रदर्शन तयारीमा रहेको चलचित्रको एड्भान्स टिकट बिक्री थालेका छन् ।
फागु पूर्णिमाको अवसरमा विहीबारदेखि देशब्यापी ‘आउट ल’ र ‘अञ्जिला’ प्रदर्शनमा आउँदैछन् । शुक्रबारदेखि भने ‘राजागञ्ज’ रिलिज तयारीमा छ ।
प्रतिक्रिया