सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ को नयाँ दुई पोस्टर सार्वजनिक भएको छ । जहाँ, नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई प्रेमिल अवतार देख्न सकिन्छ ।
‘नरसिंहाः अवतार’ चलचित्र निर्माण टिमले आज सामाजिक संजालमा यी दुई पोस्टर सार्वजनिक गरेका छन् ।
अभिनेता राज कटुवाल र अभिनेत्री सनिषा भट्टराइलाई फिचरिङ गरिएको यो पोस्टरमा दुवै कलाकार प्रेमिल अवतारमा देखिएका छन् ।
एक्सन तथा प्रेम कथामा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराईले निदेशन गरेका छन् । क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको चलचित्रलाई नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र दीपक ढकालले लगानी गरेका छन् ।
चलचित्रमा कलाकारहरु राजेश हमाल, सरोज खनाल,राज कटुवाल, उषा खड्गी, नीति शाह, सनिसा भट्टराई लगायतकाहरुको अभिनय रहेको छ ।
चलचित्रमा अभिनेता हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् । यही चलचित्रबाट अभिनेता हमाल ८ वर्षपछि पर्दामा फर्किदैछन् । दर्शकका लागि हमालको पर्खाई पनि विशेष हुने देखिएको छ ।
प्रतिक्रिया