सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउदो जेठको ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ को गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ आज, काठमाडौंमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ  । पुरानो चलचित्र ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत लाइ अहिले फेरी रि रेक्रडिङ्ग गरि चलचित्र ‘नरसिंहाः अवतार’ मा रखिएको छ ।

यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देवीका बन्दनाको स्वर थियो । रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । गीतमा शम्भुजितकै शब्द तथा संगीत छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् । गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन् ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ ।

चलचित्र ‘नरसिंहाः अवतार’मा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ ।

चन्द्र पन्तको कथा रहेको चलचित्र मा राजु तामाङको द्वन्द निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्रमा क्रियटिभ सिने आर्ट्सको लागि नेम महर्जनको लगानी छ । साथै, चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ ।

नायक राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र भएका कारण पनि यो चलचित्रको चर्चा निकै छ । यो गीतले चलचित्रको हाइप अझै उच्च बनाउने विश्वास गर्न सकिन्छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com