सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ ले चलचित्र केन्द्रीय जाँच पास समिति बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।

चलचित्रले सेन्सर बोर्ड सदस्यहरुलाई उक्त चलचित्रको सेन्सर समयमा चलचित्र हेर्दा भावुक बनाएको छ। केहि दृश्य र संवादहरुले भावुक बनाएको बुझिएको छ। घर र डेराको कथा भन्ने चलचित्रलाई साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

चलचित्रमा कलाकारहरु आर्यन सिग्देल,खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी,केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतको अभिनय रहेको छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । युवराज कार्की चलचित्रको कार्यकारी निर्माता रहेका छन् ।

चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेबाट प्रद्रशनमा आउदै छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com