सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सिमा गुरुङ निर्देशित चलचित्र ‘रङ डेस्टिनेशन २’ को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक ओम सुनाचलचित्र ‘रङ डेस्टिनेशन २’ को गीत ‘ब्रेक डान्स’ सार्वजनिकस्वर रहेको रोमान्टिक गीतमा संगीत पनि गायक सुनारले नै दिएका छन् । गीतका शब्द मुना शाहले कोरेकी हुन् ।
गीतको भिडियो भने डान्सिङ फेवरमा तयार गरिएको छ । जसमा चलचित्रका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठ देखिएका छन् । कल्चरल ड्रेस र कोरस समेत प्रयोग गरिएको गीतको भिडियोमा कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन् ।
फुलमुन मोसन फिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र हरर र थ्रिलर कथामा निर्माण भएको हो । किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्वल, सञ्जय थापा, सकल रेग्मीलगायतका कलाकारको अभिनय चलचित्रमा छ ।
चलचित्रका कार्यकारी निर्माता सुगन तन्दुकर हुन् भने निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । मुस्ताङका बिभिन्न रमणिय स्थानमा छायांकन भएको चलचित्रको प्रदर्शन तिमि भने जुर्न बाँकी रहेको छ ।
विदेशका बिभिन्न फेष्टिभलको प्रदर्शनपछि मात्र चलचित्र स्वदेशमा प्रदर्शन गरिने निर्देशक सिमा गुरुङले बताइन् । चलचित्रमा सञ्जय थापाको द्धन्द्ध, रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन छ ।
प्रतिक्रिया