सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक तथा संगीतकार बिनया कार्की क्षेत्रीको स्वरमा सजिएको नयाँ गीत ‘नयाँ नयाँ’ बिनया कार्की क्षेत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

गीतको शब्द–संगीत बिनया कार्की क्षेत्रीकै रहेको छ भने एरेञ्ज सञ्जीव सुब्बाले गरेका छन्। मिक्सिङ साजन साहाले आरोही बिट्स स्टुडियो मा गरेका हुन्।

गीतको भिडियोमा करिश्मा श्रेष्ठ, सन्तोष बानियाँ र बिनया कार्कीको अभिनय देख्न सकिन्छ। सिनेमाटोग्राफी दिनेश पराजुलीले, वर्डरोब दिपेन परियारले, मेकअप पुनम चौधरीले, सम्पादन विकाश दाहालले र निर्देशन बिशाल नेपालीले गरेका छन्।

भावुक शब्द र मधुर संगीतमा आधारित गीतले प्रेमको सुन्दर अनुभूति दर्शक–श्रोतासम्म पुर्‍याउने प्रयास गरेको छ। गीतका बोल “समयसँगै हिँडिरहने, आकाश छुन सपनाहरू बोकी हिँडिरहेछु म, बादलमाथि धड्कन तिमीलाई सुम्पी चाहना साँचिरहेछु म” प्रेमको शुद्धता र समर्पणको भावलाई झल्काउँछन्।

गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com