सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ चलचित्र निर्माण हुने भएको छ। दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको चलचित्रलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो।

आज घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन्।

ठूलो बजेटमा निर्माण हुने भनिएको यस चलचित्रमा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ। यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय चलचित्रमा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

हाल चलचित्रको प्रारम्भिक तयारीसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो चलचित्र २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको बताइएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com