सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बाँसुरी फिल्म्सको प्रस्तुती साथै रामबाबु गुरुङ निर्माता तथा निर्देशक रहेको चलचित्र ‘कबड्डी’ को पाँचौं श्रृंखला ‘कबड्डी ५ – After the Final Match’ को छायांकन मंगलबारबाट हिमालपारिको जिल्ला मुस्ताङबाट शुरु भएको छ । मुस्ताङको मुक्तिनाथ मन्दिरमा चलचित्रको ‘कास्ट एन्ड क्रू’ को उपस्थितीमा शुभ मूहुर्त भएको हो ।
कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार चलचित्रको ७० प्रतिशत मुस्ताङ र बाँकी काठमाडौंमा छायांकन गर्ने तालिका छ । ३५ दिने छायांकन तालिका राखिएको छ ।
चलचित्रमा दयाहाङ राई,मिरुना मगर, बुद्धी तामाङ, विजय बराल, अरुणा कार्की, लागयतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता विपिन कार्की , कबड्डी सिरिजको पाँचौँ श्रृंखला ‘कबड्डी ५ – After the final Match’ मा सशक्त भूमिकामा देखिने भएका छन् भने ‘कबड्डी ५ – After the Final Match’ मा मिस युके २०१७ की बिजेता सृजना गुरुङले रजतपटमा डेब्यु गर्न लागेकी छन् ।
‘कबड्डी’ का अघिल्ला चारै श्रृंखलाले नेपाली बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।
प्रतिक्रिया