सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । देशभरी नै रामो व्यापार गरिरहेको चलचित्रले पूर्वी नेपालका हलमा आक्रामक व्यार गरेको हो ।

लिम्बु समुदायको कथामा आधारित चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिहँदा यो चलचित्र निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शक साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका छन् । हिजो सोमबार झापाको दमक र बिर्तामोडमा दर्शक सक्षात्कार गरेको टिमले आज मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गर्नेछन् ।

चलचित्रको आज मंगलबारबाट १४ मिनेट लामो दृश्य थपेर ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको छ । उनले पूर्वीनेपालका दर्शकको न्यानो स्वागत र मायाले आगामी दिनमा अझै राम्रो चलचित्र पस्किनु पर्ने चुनौती महसुस भएको बताए ।

यता, चलचित्रकी मुख्य अभिनेत्री मिरुना मगरले पनि दर्शकमा आजबाट प्रदर्शमा आएको नयाँ भर्सनले दर्शकमा थप उत्साह पैदा गरेको बताइन् । ‘हिजो हामीले दमक र बिर्तामोडमा दर्शकसँग साक्षात्कार गर्यौं । आज सुनसरीको धरान र इटहरीमा दर्शक भेट्दै छौं । धरान मेरो होम टाउन भएकाले पनि दर्शकसँग साक्षात्कार गर्न अझै उत्साहित छु’, उनले भनिन् ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र यो वर्ष व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ । चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com