सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पचास वर्ष पुरानो चर्चित हिन्दी फिल्म ‘शोले’ को नयाँ संस्करण ‘शोले: द फाइनल कट’ नेपालमा पुष १ गते रिलिज हुने भएको छ। 4K र डल्बी 5.1 साउन्ड प्रविधिमा पुनःनिर्माण गरिएको यो संस्करण पुरानोभन्दा करिब १० मिनेट लामो छ, जसको कुल अवधि २०९ मिनेट रहेको छ।

नयाँ भर्सनमा सन् १९७५ मा सेन्सर बोर्डले हटाएको ठाकुरले गब्बर सिंहलाई मार्ने अन्त्य दृश्य पनि समावेश गरिएको छ। उक्त दृश्य त्यतिबेला अत्यधिक हिंसाको कारण हटाएर गब्बरलाई प्रहरीले पक्राउ गरेको दृश्य राखेर फिल्म रिलिज गरिएको थियो।

निर्देशक रमेश सिप्पीको यो क्लासिक फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र अमजद खानको अभिनय रहेको छ। ‘शोले’ भारतीय चलचित्र इतिहासकै सबैभन्दा प्रभावशाली फिल्ममध्ये एक मानिन्छ।

नेपालमा ‘शोले: द फाइनल कट’ को रिलिज पुष १ गते कुबेर सिने ड्रस्टिबिउसन ले बजारमा ल्याउदै छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com