सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी फागुन १ गतेबाट रिलिज हुने चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तिब्रता दिएको छ । चलचित्रले पोष्टर र ट्रेलर पछि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो।

चलचित्रको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र सविन सुबेदी र युक्ती बिमलीको स्वर रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारद्वय आशीर्वाद क्षेत्री र निकिता आचार्यको नृत्य रहेको छ ।

सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र पारिवारिक कथावस्तुमा आधारित छ । चलचित्रमा आशीर्वाद र निकिताका अलवा लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । चलचित्रमा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन छ । चलचित्रका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com