सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ ।
निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो ।

टिजरमा चलचित्रकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन् । उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य उक्त टिजरमा देख्न सकिन्छ ।टिजरमा चलचित्रको कथा सस्पेन्स राखिएको छ ।

‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार चलचित्र तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनेको हो ।चलचित्रमा रोशनीसहित नायकहरु शिशिर वाङ्देल, जीनव भट्टराई, नायिका उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ । यसचलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com