सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हामी तीन भाइ’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)ले सबै फिल्मलाइृ युनिभर्सल सर्टिफिकेट दिएको हो।

निर्माण पक्षका अनुसार चलचित्रलाई बोर्डले सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन्। चलचित्रका निर्देशक मधुसुदन भट्टराईले फिल्मको सेन्सर पास भएको जानकारी दिए। उनले भने,‘फिल्मको सेन्सर पास भइसकेको छ। फिल्मले युनिभर्सल सर्टिफिकेट पाएकाले सबै उमेरका दर्शकले चलचित्र हेर्न पाउनुहुने छ।’

चलचित्र निर्माण थालेसँगै चर्चामा रहेको थियो। अहिले रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले थप प्रचारलाई तिब्रता दिएका छन्।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। कमेडी तथा सामाजिक कथामा आधारित चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस चलचित्रमा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।

साजित महत प्रस्तुतकर्ता रहेको यस चलचित्रको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्। चलचित्रलाई शिव ढकालले खिचेको हुन् भने यस चलचित्रको सम्पादन बनिश शाहले गरेका छन्। साथै चलचित्रको गीतका संगीतमा साप शक्ति,बाबुल गिरी रहेका छन्। नृत्यनिर्देशन कमल राई, इन्द्र देव महर्जन पाश्र्व संगीतमा सम्राट थापा,ध्वनी मिश्रणमा मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।

चलचित्रको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन्। चलचित्रमा पाश्र्वसंगीत सम्राट थापाको छ भने द्वन्द्ध निर्देशन देव महर्जनले गरेका छन्। ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो। चलचित्रलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ |

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com