सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदा दर्शकले एउटा कम्प्लिट प्याकेज महसुस गर्नेछन् । अब सिनेमा कलासँगै व्यापार पनि हो भन्ने निर्विवाद भइसकेको अवस्थामा चलचित्र सामाजिक विषयमात्रै होइन मनोरञ्जनसहितको कम्प्लिट प्याकेज हुनै पर्छ ।
दर्शक र बजारको यही मनोविज्ञानलाई बुझेर निर्माण टिमले समाजको सांस्कृतिक पक्षसँगै मनोरञ्जनको पनि आवश्यकतालाई बुझेर नृत्यमा पारंगत कलाकारलाई पनि समेटेको छ । आफ्नो नृत्य कौशलले पूरै भारत र नेपाललाई मन्त्रमुग्ध बनाएकी तेरिया मगर यो चलचित्रमा छिन् ।
त्यसो त तेरिया ‘मितज्यू’को गीतमा मात्रै देखिने कलाकार होइनन् । कुनै आइटम गीतको नृत्यका लागि यो चलचित्रमा उनी आएकी होइनन् । तेरिया ‘मितज्यू’को मुख्य भूमिकामध्ये एकमा यो चलचित्रमा देखिँदैछिन् । जुन, अहिलेसम्म बाहिरिएका यी चलचित्रका कन्टेन्टले पनि प्रस्ट पारिसकेको छ ।
उनी आफैँ सिनेमाको मुख्य पात्र भएपछि उनको नृत्य दर्शकले हेर्न त पाउने नै छन् । सँगै उनको अभिनय क्षमता पनि दर्शकले पहिलोपटक अनुभव गर्न पाउनेछन् । त्यसैले दर्शकका लागि ‘मितज्यू’ विशेष हुनेछ । एउटै चलचित्रमा दर्शकले तेरियाको नृत्य र अभिनय हेर्न पाउनेछन् ।
गत वर्ष बक्सअफिसमा हिट सिनेमा (घर ज्वाइँ) दिएका निर्देशक अनिल बुढा मगरको चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
यो चलचित्रमा तेरियासँगै नेपाली चलचित्र उद्योगकै दिग्गज अभिनेताद्वय सौगाअत मल्ल र दयाहाङ राई पनि छन्, जो आमनेसामने भएको देख्न सकिनेछ ।
सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ । नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा सिनेमाको मुख्य विषय भएकाले धेरै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्थ छ ।








प्रतिक्रिया