सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सर्वोच्च अदालतले चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गरेको छ ।

चलचित्रको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा हालेकी थिइन् । शुक्रबार भएको सुनुवाइ भएपछि अदालतले अन्तिम फैसला सुनाउँदै कानून बमोजिम गर्नु र ध्यानाकर्षण गरिएको भनेर फैसला दिएको छ ।

निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार भएसँगै चलचित्र ‘लालीबजार’ लाई प्रदर्शनको लागि कानुनी बाटो खुला भएको छ । गतसाता उच्च अदालत पाटनले फिल्मको पक्षमा फैसला गरेसँगै देशब्यापी प्रदर्शनमा आएको थियो ।

चलचित्रका निर्माता म्याक्स दिपेश खत्रीले निवेदकको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको बताए ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com