सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने भनिएको ‘२०८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित गरिएको छ।
कार्यक्रम आयोजक ब्राण्डवर्थ प्रालिले सूचना जारी गर्दै यही भदौ १२, १३ र १४ गते आयोजना गर्ने तयारी गरिएको कार्यक्रम विषम परिस्थितिका कारण तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो।
आयोजकले जारी गरेको सूचनामा भनिएको छ, ‘यही भदौ १२, १३ र १४ गते ब्राण्डवर्थ प्रालिद्वारा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने भनिएको ‘२०८३ सालको गाईजात्रा’ कार्यक्रम यो विषम परिस्थितिका कारण तत्कालका लागि स्थगित गरिएको जानकारी गराउँदछौँ।’
कार्यक्रममा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडालगायत चर्चित कलाकारले प्रस्तुति दिने तयारी थियो। कार्यक्रमको नयाँ मिति भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।










प्रतिक्रिया