सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री रिचा शर्मा बाढी प्रभावित क्षेत्रमा पुगेकी छन्। त्यहाँको अवस्था अवलोकन गरेपछि उनले तत्काल प्रभावितहरूलाई आधारभूत आवश्यकताका सामग्रीको खाँचो रहेको बताएकी छन्।
रिचा हाल गोशेगुम्बामा छिन्। उनले त्यहाँको अवस्था निकै संवेदनशील रहेको बताएकी छन्। शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उनले गोशेगुम्बाको अवस्थाबारे जानकारी गराएकी हुन्।
भिडियोमा उनले भनिन्, ‘हाल महिला तथा पुरुषहरूलाई लत्ताकपडाको निकै आवश्यकता रहेको छ। महिलासहित १६ जना बालबालिका छन्। उनीहरूका लागि डाइपर, दूधलगायत आधारभूत सामग्रीको निकै आवश्यकता रहेको छ।’
उनका अनुसार बाढीपीडितलाई गुम्बाले खानाको व्यवस्था गरिरहेको छ। तर, गुम्बालाई पनि सहयोग आवश्यक रहेको उनले बताइन्। रिचाले बाढीपीडितका लागि विशेषगरी लत्ताकपडालगायत आवश्यक सामग्री सहयोग गर्न सबैलाई आग्रह गरेकी छन्।










प्रतिक्रिया