सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले रसुवा, नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि तीन लाख रुपैयाँ सहयोग गरेका छन् ।

आमा सरस्वती मुभिज प्रालिको तर्फबाट गिरीले बाढी प्रभावितको राहत तथा पुनर्निर्माणका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदान गरेका हुन्। गिरी उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।

गिरीले उक्त रकमले बाढी प्रभावितलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, अन्य खाद्य सामग्री तथा कपडासमेत सहयोग गर्ने तयारी भइरहेको उनले बताएका छन्।

उनले भनेका छन्, ‘अन्य खाद्य सामग्री र कपडाहरू पठाउने कार्यमा पनि लाग्दैछौँ।’ गिरीले विपद्को यस कठिन घडीमा सबैलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रहसमेत गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com