सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन्। उनले आइतबार उक्त रकम सहयोग गरेकी हुन्।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै वर्षाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यो रकमले उहाँहरूको पीडा त मेटाउन सक्दैन, तर कठिन समयमा उनीहरूलाई थोरै भए पनि राहत र आशा दिन सकोस् भन्ने मेरो आफ्नो प्रयास हो।’

उनले बाढीपीडित परिवारलाई पुनः आफ्नो खुट्टामा उभिन सक्ने बनाउन सबैले आफ्नो तर्फबाट सकेको सहयोग गर्न आग्रह गरेकी छन्। बाढीपीडितका लागि कलाकारहरूले आर्थिक सहयोगसँगै खाद्यान्न, लत्ताकपडा, औषधिलगायत अत्यावश्यक सामग्रीसमेत सहयोग गरिरहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com