सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मदन पुरस्कार गुठीले वीणा जोशी (राजभण्डारी)को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई २०८२ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। मदन पुरस्कारका लागि यसअघि सार्वजनिक गरिएको उत्कृष्ट १० कृतिको श्रेष्ठ सूचीबाट जोशीको पुस्तकलाई पुरस्कारका लागि छनोट गरिएको हो।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार जोशीको पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय गरिएको हो । गुठीले आइतबार बसेको बैठकबाट पुरस्कारसम्बन्धी निर्णय गरेको हो । त्यस्तै, गुठीले विगत छ दशकदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई जगदम्बा-श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

नेपाली गीत लेखनमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका खरेललाई गीत लेखन क्षेत्रमा दिएको योगदानको सम्मानस्वरूप जगदम्बा-श्री पुरस्कार प्रदान गर्न लागिएको हो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com