सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मास्टर्नी’ को कमाइ घरेलु बजारमा सुखद रहेन । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ २१ गतेसम्म ४० लाख १५ हजार २ सय रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका १२ हजार १ सय ९७ वटा टिकट बिक्री भएका छन् ।

अभिनेत्रीका रूपमा लामो समय काम गरेपछि फिल्म निर्माणमा होमिएकी प्रियंका कार्कीका लागि पहिलो प्रयास घरेलु बक्स अफिसमा असफल देखिएको छ ।अभिनेत्री कार्कीको शीर्ष भूमिका रहेको फिल्ममा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ।

शुभेन्दु घोषले निर्देशन गरेको फिल्मको पटकथा शान बस्न्यातले लेखेका हुन् । संवाद लेखनमा अभिनेत्री कार्की र बस्न्यातको सहकार्य रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com