सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । कान्सलगायत विश्वका ठूला अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले घरेलु बजारमा सुखद प्रदर्शन गरिरहेको छ। लेखकका रूपमा परिचित अविनाश विक्रम शाहको डेब्यु निर्देशनमा बनेको फिल्मले घरेलु बजारमा ५० लाख रुपैयाँको हाराहारीमा कमाइ गरेको छ।
बक्सअफिस स्रोतका अनुसार फिल्मले शुक्रबारदेखि सोमबारसम्म ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। उक्त अवधिमा फिल्मका ११ हजार टिकट बिक्री भएका छन्। जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथामा आधारित फिल्मको आगामी व्यापार भने दर्शकबाट प्राप्त हुने ‘वर्ड अफ माउथ’मा निर्भर रहने देखिन्छ।
फिल्ममा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ ।फिल्मको पटकथा निर्देशक अविनाश विक्रम शाहले लेखेका हुन् भने कथा शाह र सन्दीप बादलको हो ।









प्रतिक्रिया