सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री दीपाश्री निरौला फिल्मको काममा फर्किएकी छन्। ब्रेन ट्युमरको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेकी उनी करिब दुई महिनापछि फिल्म ‘पाँच पाण्डव’को डबिङमार्फत फिल्म कर्ममा फर्किएकी हुन्। शुक्रबार स्टुडियो पुगेर उनले फिल्ममा आफ्नो भागको डबिङ गरेकी हुन्। लामो अन्तरालपछि डबिङ स्टुडियो पुगेकी दीपाश्रीमा काममा फर्किएको उत्साह स्पष्ट देखिन्थ्यो।

स्टुडियो पुगेपछि उनले फिल्मका निर्देशक वसन्त निरौला, रेकर्डिस्ट, प्राविधिक तथा त्यहाँ कार्यरत कर्मचारीसँग भेटघाट गर्दै अभिवादन गरिन्। काम सुरु गर्नुअघि उनले डबिङ स्टुडियोको मुख्य ढोकामा समेत ढोगेकी थिइन्।

आगामी तिहारदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको अहिले धमाधम डबिङ भइरहेको छ। स्वास्थ्यमा समस्या आएपछि केही समय कलाकारिता र फिल्म क्षेत्रका नियमित गतिविधिबाट टाढा रहेकी दीपाश्री अब नियमित काममा फर्किएको बताइएको छ। ‘पाँच पाण्डव’मा दीपाश्रीसँगै हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, सरिता गिरी, विनोद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com