सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरू डुलेको नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ ले घरेलुबजारमा दर्शकको राम्रो साथ भने पाउन सकेन् । लेखकका रुपमा परिचित अविनाश विक्रम शाहको डेब्यु निर्देशनमा तयार भएको फिल्मले घरेलुबजारमा सुस्त सुरुआत गरेको बक्स अफिस तथ्यांकले देखाएको छ ।

चलचित्र विकास बोर्डमा रहेको ‘सिनेपा @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार गत भाद्र २८ गतेसम्म १ करोड १६ लाख ५४ हजार ९ सय ७० रुपैयाँको कमाइ गरेको छ । उक्त अवधिमा फिल्मका लागि ३३ हजार १ सात ३६ वटा टिकट बिक्री भएका छन् ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथामा आधारित फिल्ममा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ । निर्देशक शाहको नै पटकथा रहेको फिल्ममा निर्देशक शाह र सन्दीप बादलको कथा छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com