सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । शनिबार दिउँसो काठमाडौँको सिटी हलमा उत्साहपूर्ण माहोल देखियो । विभिन्न फिल्म उद्योगका चर्चित कलाकार तथा विशिष्ट व्यक्तित्वहरू रातो कार्पेट स्वागत समारोहमा सहभागी भएका थिए ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसहित महानगरका कर्मचारीहरूले विदेशबाट आएका पाहुनाका साथै नेपाली फिल्म उद्योगका व्यक्तित्वहरूलाई स्वागत गरेका थिए ।

समारोहमा प्रथम महिला सबिना काफ्लेसहित वरिष्ठ कलाकार नीर शाह, मीन भाम, करिश्मा मानन्धर, विनोद मानन्धर र आनी छोइङ डोल्मालगायत नेपाली कला तथा फिल्म क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।

त्यस्तै, भारतीय अभिनेत्री शबाना आजमी, फिल्म समीक्षक तथा क्युरेटर मार्को मुलरसहित विभिन्न देशका अन्तर्राष्ट्रिय पाहुनाहरू पनि समारोहमा सहभागी भएका थिए। स्वदेशी तथा विदेशी कलाकार र फिल्मकर्मीहरूको उपस्थितिले काठमाडौँ फिल्म महोत्सवको रातो कार्पेट समारोहलाई विशेष बनाएको थियो।

तस्बिर : बिकास रौनियार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com