सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता दयाहाङ राईको फिल्म ‘कबड्डी ५’ यतिबेला बक्स अफिसमा प्रदर्शनरत छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार मङ्सिर ६ गते आइतबार राति ११ः५९ बजेसम्म ‘कबड्डी ५’ ले १३ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको देखिएको छ ।

गत कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको ‘कबड्डी ५’ ले हालसम्म १३ करोड २६ हजार ९३७ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मका ४ लाख २४ हजार ८८२ टिकट बिक्री भएका छन् । यससँगै फिल्मले घरेलु बक्स अफिसमा १३ करोडको आँकडा पार गरेको छ।

यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘कबड्डी ५’ दोस्रो र ‘पेन्सन पट्टा’ तेस्रो स्थानमा छन् । पहिलो स्थानमा २६ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको ‘गौँथली’ रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com