सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘सारथी’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ । म्याग्दीको सुन्दर तर विकट गुर्जा गाउँको परिवेश र त्यहाँको जीवनकथालाई समेटेर निर्माण गरिएको फिल्मले स्थानीय जनजीवन, मानवीय संवेदना र सम्बन्धका भावनात्मक पक्षलाई पर्दामा प्रस्तुत गरेको छ ।

मौलिक परिवेश र मार्मिक कथावस्तु फिल्मका मुख्य विशेषता हुन् । फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् ।

लामो समयपछि लोकप्रिय ‘दर्पणछाया’ जोडी निरुता सिंह र उत्तम प्रधानलाई एउटै फिल्ममा देख्न पाउनु ‘सारथी’को प्रमुख आकर्षण बनेको छ । कुनै समय दर्शकको मन जित्न सफल यो जोडीको पुनर्मिलनले पुराना नेपाली फिल्मका दर्शकमाझ समेत उत्सुकता थपेको छ । त्यस्तै, नवकलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको अभिनय पनि फिल्मको अर्को आकर्षण हो ।

फिल्ममा निरुता र उत्तमका अलावा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com