सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शनिबार प्रणय दिवसको अवसर पारेर होटेल बज्रमा हुलाकी ब्याण्ड गुञ्जिएको छ। बैठकले आयोजना गरेको कार्यक्रममा कविता, नाटकीय कथा कथन, र प्रत्यक्ष संगीतको मिश्रणले साँझलाई प्रेमले झन् गाढा बनाउने प्रयत्न गरिएको छ। इन्टीमेट थिममा सेट डिजाइन गरेर तयार पारिएको माहोलमा दर्शकले कविता, कथा र संगीतलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए।

हुलाकी ब्याण्डको प्रस्तुतीले रोमान्चक वातावरण तयार पारेको थियो भने कवि साक्षी किरण भट्टराईका सशक्त शब्दहरूको साथमा रेज्मी, रसिक रुसल (ठुले), मेरिना कटुवाल र पियुष पौडेलका कथाले कार्यक्रमलाई थप रोचक बनाएको थियो। दिपेन्द्र देवको नेतृत्वको समुहले नाटक मन्चन समेत गरेको थियो।

श्रीजल विक्रम शाही, सञ्जीव महर्जन, रोनिश जोशी र वर्षा भण्डारीको परिकल्पनामा तयार भएको यो कार्यक्रमले एक सांगीतिक प्रस्तुती मात्र प्रदर्शन नगरी जीवनलाई र प्रेमलाई नजिकबाट दर्शकलाई अनुभूत गराउने कोसिस समेत गरेको थियो।

कार्यक्रममा अन टाइम एक्सप्रेस, पूर्ण वाटर, अरोरा प्रोडक्सन, बिरा बिल्डर्स एण्ड सप्लायर्स, दामी एक्सपेरियन्स, होटल्स नेपाल, आई एम द गार्डनर, जुस, शेकसाग, एस्ट्रापी टेक्नोलोजी, खुक्री रम, कर्मा क्लब र मामामिया साझेदारको रुपमा रहेका थिए।

सिमित श्रोत र साधनको बीचमा पनि युवाहरुको नेतृत्वले गरेको यो बैठक केहि ठुलो योजनाको सुरुवात भएको आयोजकको बुझाइ छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com