सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सगरमाथाको पहिलो सफल आरोहणको कथा समेटिएको फिल्म ‘तेन्जिङ’ भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन गर्न काठमाडौंस्थित बेलायती दूतावासले ‘तेन्जिङ’को विशेष प्रदर्शन काठमाडौंमा आयोजना गर्ने भएको छ। दूतावासका अनुसार एप्पल ओरिजिनल फिल्म्सको निर्माण रहेको ‘तेन्जिङ’ को उक्त प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

जेनिफर पिडमको निर्देशनमा तयार भएको फिल्ममा टम हिडलस्टन, विलेम डाफो र गेन्डेन फुन्त्सोकको अभिनय रहेको छ। नेपालका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्मको युरोपेली प्रिमियर सेप्टेम्बर २४ मा हुने ‘भेराइटी’ले जनाएको छ।

वास्तविक घटनामा आधारित फिल्मले तेन्जिङ नोर्गे (गेन्डेन फुन्त्सोक)को जीवनकथा पछ्याउँछ। तेन्जिङले न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारीसँग मिलेर सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com