सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अन्तर्जातीय सम्बन्ध, सामाजिक विभेद तथा गरिबमाथि हुने थिचोमिचोको विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘जदौ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मले हाँसो, रोमान्स र रोदनको सम्मिश्रणमार्फत सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्दै सकारात्मक सन्देश दिने प्रयास गरेको छ।
निर्देशक काजी लिम्बूको कथा रहेको फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौडेल र राजश्री थापालगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्मलाई समीश्रण मुभिज एन्ड इन्टरटेनमेन्ट र सिल्भर स्क्रिन इन्टरटेनमेन्टले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मको वितरणको जिम्मेवारी एनजिसिएन ग्रुपले लिएको छ।







प्रतिक्रिया