सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा दरखास्त दिएका छन् । मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन दिनेहरूको नाम पुष्टि गरेको छ ।
अध्यक्ष पदका लागि आवेदन दिनेमा निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, नरेशकुमार पौड्याल, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा ‘जया’, डम्मरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र भगवतीकुमारी मैनाली उप्रेती छन् ।
छनोट समितिका सदस्य अशोक शर्माका अनुसार सोमबारदेखि प्राप्त आवेदनमाथि मूल्यांकन प्रक्रिया सुरु हुनेछ । समितिले अन्तर्वार्ता तथा प्रस्तुतिकरणको मिति तय गर्नेछ ।
छनोट समितिले मन्त्रालयलाई तीन जनाको अन्तिम सूची बुझाउनेछ । मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।






प्रतिक्रिया