सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत असोज २ मा प्रदर्शन भएको फिल्म ‘माया बस्छ कि के हो’ घरेलु बक्सअफिसमा डिजास्टर भएको छ । सोनाल लामा, कस्मता निरौला, नरेन्द्र थापा,उपेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल,तारा शर्मा,हरिकृष्ण कार्की,तेजेन्द्र कँडेल,रिचा थापा,खिन्नबहादुर भण्डारी लगायतको अभिनय रहेको फिल्मलाई एक सातामा ९२ जनाले मात्र हेरेका छन् ।

यो तथ्यांकअनुसार यो फिल्म यस वर्ष प्रदर्शन भएको मध्ये सबै भन्दा कम व्यापार गर्ने नेपाली फिल्म बनेको छ । अध्ययन तथा रोजगारीका लागि बिदेसिएका युवा युवतीको प्रेम प्रसङ्ग,सम्पूर्ण तथा मतभेदको कथा देखाइएको फिल्मलाई राजु अधिकारीले निर्देशन गरेका थिए ।

शरद अधिकारी र बहादुर सिंह तामाङ निर्माता रहेको फिल्मको लगानी डुबेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले असोज ११ गतेसम्म २३ हजार ६ सय ६० रुपैयाँ ग्रस कमाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com