सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पहिलो चरणको छायांकन सकेर दोश्रो सेड्युलको तयारीमा रहेको फिल्म ‘वर एण्ड बधु’मा सकम्बरी अर्थात् कुसुम शर्माको प्रवेश भएको छ। वैशाख ३ गतेबाट छायांकन सुरु हुने फिल्ममा कुसुम महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्माण टिमले जानकरी दिएको छ।

हुनत् कुसुम यस अघि अभिनेता आर्यन सिग्देलसँग फिल्म ‘संजीवनी’मा लिडमा देखिन लागेकी थिईन तर अहिले फिल्मको अत्तोपत्तो छैन। ‘वर एण्ड बधु’ले भने अब कुसुमलाई केहि राहत भने दिएको छ।

मिलन चाम्सले निर्देशन गरिरहेको फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यले लिडमा अभिनय गरिरहेका छन। फिल्मको फर्स्ट सेड्युलको छायांकन रोमानियामा भइसकेको छ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको फिल्ममा हिमाल केसीले एक्सन, सुदिप बरालको डिओपी रहेको रहनेछ।

कमेडी लभ स्टोरीमा आधारित फिल्ममा श्रृष्टी श्रेष्ठ र हिमेश पन्तको पनि मुख्य भूमिका छ । फिल्मको रिलिज डेट भने अहिले सम्म तय भइसकेको छैन।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com