सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: संजयलीला भंसालीको ‘ हीरामंडी’ को ‘सकल बन’ गीत लण्डनको रोयल कलेजअफ म्यूजिक म्यूजियम मा शोकेस भएको छ।

बलिउडका जिनियस निर्देशकका उपाधि पाएका संजयलीला भंसालीको नेटफ्लिक्स सीरीज़ ‘हीरामंडी’ ले एक महत्वपूर्ण उपलब्धि आफ्नो नाम गराएको छ । नेटफ्लिक्स सीरीज़ ‘हीरामंडी’को पपुलर गीत ‘सकल बन’ को रोयल कलेजअफ म्यूजिक म्यूजियममा अवेकन: सूफ़ी म्यूज़िक एंड वूमेन अफ़ साउथ एशिया एग्जिबिशनमा देखाइएको छ । यूकेमा यो एग्जिबिशन अक्टूबर सम्म यानिकी तीन महीना सम्म चल्दैछ । यस्तै गरि ‘हीरामंडी’लाई मुगल-ए-आज़म र जीनत जस्तो आइकॉनिक सूफी संगीत को साथमा देखाइदै छ र यो भारतीय संगीत इतिहासमा यसको स्थान अझ बलियो भैरहेको छ ।

‘हीरामंडी’ ग्लोबल लेवलमा एक्लेम म्यूजिक एल्बम पेश गर्ने पहिलो भारतीय वेब सीरीज भएको छ, जो ग्लोबल स्टेजमा भारतीयको फरक फरक संगीतको विरासतका काम भएको छ । रोयल कलेजअफ म्यूजिक म्यूजियममा अवेकन: सूफ़ी म्यूज़िक एंड वूमेन अफ़ साउथ एशिया एग्जिबिशन भनिन्छ तर यहाँ सूफी संगीत पुरुष प्रधान मंचमा महिलाहरुलाई अक्सर नजर अंदाज गरिने कहानी बिउत्याउने थलो भएको छ ।

१८ जून बाट शुरू भएको एग्जिबिशन संसारभर बाट जम्मा गरेको कलेक्शन आइटम्सद्वारा सूफी महिलाहरुको अनमोल योगदानको उजागर गर्ने काम गर्छ । यो एग्जिबिशन पाकिस्तान, इंडिया र बांग्लादेशका सूफी महिलाहरुको आवाज, प्रस्तुति र वाद्यको मुगल काल देखि आज को दिन सम्मको बेलायत देखिन्छ । ‘सकल बन’लाई यस एग्जिबिशनमा सहभागी गराउनु यस गीतको सांस्कृतिक र सांगीतिक अहमियत को कुरा रहेको छ ।

हीरामंडी को संगीतले संसार भरि आफ्नो प्रभुत्व जमाई सकेको छ। यसको धुन र मिठो संगीत को संसरैभारी तारिफ भैरहेको छ। हीरामंडीको संगीत यति पपुलर भैसके कि इंस्टाग्राम, रील्स र धेरै पोस्टहरुमा देख्न पाइन्छ ।

रोयल कलेजअफ म्यूजिक म्यूजियममा अवेकन: सूफ़ी म्यूज़िक एंड वूमेन अफ़ साउथ एशिया एग्जिबिशन मा’हिरामंडी’को ‘सकल बन ‘ देखाइएको बारे भंसाली प्रोडक्शंस की सीईओ प्रेरणा सिंह ले खुशी ब्यक्त गर्दै भनिन, ‘यो त एकदम सम्मान को कुरा हो एसएलबीको काम लागि यस्तो प्रतिष्ठित मंचमा मान्यता पाउनु नै संसारभरिको दर्शकहरुले संगीत साझा गर्नु हो ।’

हीरामंडीले भारतीय संगीतलाई संसारभरी पुर्याउने काम जारि रहेको छ र सूफी संगीत समृद्ध र विविध विरासत र यसको इतिहास महिलाहरुको महत्वपूर्ण भूमिकाको खुशियाली मनाई रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com