सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड-२०२४ समारोहमा लोकप्रिय अभिनेता शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रुपमा सम्मानित गरिएको छ । नेपाली चलचित्रका यी सफल अभिनेताले पाकिस्तानी फिल्ममा समेत अभिनय गरेर नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गरेकोमा सम्मान  गरिएको  छ । चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौलासहितको व्यक्तित्वले अभिनेता श्रेष्ठलाई उक्त उपाधिद्वारा सम्मानित गरेका थिए  ।

स्पर्श मीडिया एण्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको यो भव्य समारोहमा नेपाली सांगीतिक तथा मोडलिङ क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पुरस्कृत भएका छन् । आईएमई पेद्वारा पावर्ड गरिएको यो समारोहमा नेपाल टेलिकम, मात्रिका आइ सेन्टर, एन प्लस प्रोफेशनल, स्टेला प्रो मेकअप प्रायोजकको रुपमा रहेका थिए । प्रतियोगिताको निर्णायकमा गीतकार दयाराम पाण्डे, सञ्चारकर्मी राजेन्द्र बानिया, निर्देशक देवेन्द्र पाण्डे, निर्देशक/छायांकार रविन्द्र बराल तथा अभिनेता दिनेश केसी रहेका थिए ।

समारोहमा कोरियोग्राफर बिवेक श्रेष्ठ, समाजसेवी सबित श्रेष्ठ, मोडल तथा निर्माता अनुपम श्रेष्ठ, हेयर स्टाइलिष्ट सोन के शर्मा, मेकअप आर्टिष्ट सोनाली शिल्पकार, ब्यूटिसियन करुणा पुरी, व्यवसायी सम्झना श्रेष्ठ, अभिनेता तथा कोरियोग्राफी कृष्ण रसाल, गायक गणेश थापा, इभेन्ट अर्गनाइजर प्रतिक्षा कटुवाल, हिमालयन ब्रुअरीका प्रवन्ध निर्देशक श्याम बहादुर श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, इभेन्ट निर्देशक धिरज तण्डुकार, निर्देशक, लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठ, गायक आनन्द कार्की, रंगकर्मी विरेन्द्र हमाललाई सम्मानित गरिएको थियो ।

समारोहमा विभिन्न सर्जकहरुलाई स्पेशल अवार्ड प्रदान गरिएको थियो । स्पेशल अवार्डतर्फ बेस्ट प्रोडक्सन मेनेजरको अवार्डबाट विशाल कार्की, बेस्ट मेकअप आर्टिष्ट (मेल) बाट मनोज लामा, बेस्ट मेकअप आर्टिष्ट (फिमेल) बाट सरिता मगर, इन्टरनेशनल उमन एचिभ्मेन्ट अवार्डबाट सन्तोषी र्काी (मिसेस नेपाल यूनिभर्स २०२४), बेस्ट फेसन डिजाइनर फर म्युजिक भिडियोबाट दिलमाया मगर, बेस्ट लिरिसिष्टबाट रीमा श्रेष्ठ, पपुलर म्युजिक भिडियो डाइरेक्टरबाट निकेश खड्का, मस्ट इन्स्पायरिङ म्युजिक भिडियो मोडलबाट सुजल बम तथा म्युजिक भिडियो क्विनबाट रीमा विश्वकर्मा पुरस्कृत भएका छन् ।

जुरी विधातर्फ राजेन्द्र बजगाईंले बेस्ट म्युजिक डाइरेक्टर, अन्जन कुँवरले बेस्ट मोडल डेब्यू, उमेश खड्काले बेस्ट टिभी एक्टर, विजय राज भूर्तेलले बेस्ट म्युजिक भिडियो डाइरेक्टर (पप आधुनिक), अशोक बिकेले बेस्ट म्युजिक भिडियो डाइरेक्टर (लोक दोहोरी) तथा सोनम पाख्रिनले बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड जितेका छन् ।

ब्यू क्याटगोरीतर्फ दिप्शन चिलुवालले बेस्ट मोडल चाइल्ड (डेब्यू मेल), आश्रिया थापाले बेस्ट मोडल चाइल्ड (डेब्यू फिमेल), परिष्ना बास्तोलाले बेस्ट सिंगर चाइल्ड (फिमेल), ब्रमिम हमालले बेस्ट मोडल मेल (डायस्पोरा), प्रभा राईले बेस्ट सिंगर फिमेल (लोकदोहोरी), नम्रता खरेलले बेस्ट सिंगल फिमेल (पप आधुनिक) तथा मेग सुवेदीले बेस्ट मोडल मेल (डेब्यू) को अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
इन्डिजिनियस क्याटागोरीतर्फ नइन्द्र लोहोरु (बेस्ट मोडल मेल), समिता गिरी (बेस्ट मोडल फिमेल), सेजिया पे लडे (बेस्ट म्युजिक भिडियो, भोजपुरी), राज टाइगर (बेसट मोडल मेल, फेस्टिभ सङ), नीना बुढाथोकी (बेस्ट मोडल फिमेल, फेस्टिभ सङ) पुरस्कृत भएका छन् ।
लोक दोहोरी तर्फ ध्रुव पुन (बेस्ट सिंगर मेल), पूर्णिमा सेन ठकुरी (बेस्ट सिंगर फिमेल), सामना शाह (बेस्ट लिरिसिष्ट), आयान्स राई (बेस्ट मोडल चाइल्ड), बाबुराम सुनार (बेस्ट मोडल मेल), अस्मिता पुरी (बेस्ट मोडल फिमेल) तथा उमेश गुरुङ (बेस्ट म्युजिक भिडियो डाइरेक्टर) बाट पुरस्कृत भए ।

पप आधुनिक विधातर्फ समीर राई (बेस्ट लिरिसिष्ट), सुमन राई (बेस्ट सिंगर), साक्षी लम्साल (बेस्ट मोडल) तथा गोपाल ढकाल (बेस्ट म्युजिक भिडियो डाइरेक्टर) उत्कृष्ट भए । लोक आधुनिकतर्फ गोविन्द भट्टले बेस्ट लिरिसिष्ट, सरिता भारतीले बेस्ट सिंगर, प्रशान्त मगरले बेस्ट कोरियोग्राफर, सपना जनकले बेस्ट मोडल फिमेल (आधुनिक), सेन्जल पौडेलले बेस्ट मोडल फिमेल (लोक आधुनिक) तथा केशव कोइरालाले बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड जित्न सफल भए ।

समारोहमा उत्कृष्ट विधातर्फ बिमला हमाल श्रेष्ठले बेस्ट सिंगर (डायास्पोरा), दिपक तिरुवाले बेस्ट म्युजिक डाइरेक्टर, प्रचण्ड बाबु राईले बेस्ट सिंगर मेल, सन्जना श्रेष्ठले बेस्ट सिंगर फिमेल, अनुप डंगोलले बेस्ट कोरियोग्राफर, दिनेश पराजुलीले बेस्ट सिनेमेटोग्राफर, विकास दाहालले बेस्ट एडिटर, प्रिज्योल भण्डारीले बेस्ट एक्टर (टिभी वेब सीरीज), सन्जित भण्डारीले बेस्ट मोडल (मेल), प्रनिमा दाहालले बेस्ट मोडल फिमेल, शिशिर खातीले बेस्ट म्युजिक भिडियो डाइरेक्टर तथा जानी न जानीले बेस्ट म्युजिक भिडियोको अवार्ड जित्न सफल भएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com