सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को सफलता पश्चात सेभेन सिज इन्टरनेसनलले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘चुल्हे निम्तो’ निर्माणको घोषणा गरेका छन् । चलचित्रलाई निर्देशक दीपक वलीले निर्देशन गर्न लागेका छन् ।

चलचित्रलाई निर्माता प्याट्रिक सुवेदी र रमेश ढकालले निर्माण गर्दैछन ।  अक्षय तृतीयाको अवसरमा आज बुधबार चलचित्र ‘चुल्हे निम्तो’ निर्माणबारे जानकारी दिइएको छ ।

‘कथाहरू माटोमा फुल्छन् । माटोमै फल्छन् अनि माटोमा नै फुलेका, फलेका कथाहरू हामी माटो नबिर्सिएकाहरूलाई बेस्सरी मगमग बसाउँछ’ चलचित्रको कथावस्तुबारे निर्माताले भनेका छन्, ‘चुले निम्तो एउटा यस्तै माटोको कथा हो, जसले हाम्रै कथा भन्छ, हाम्रै शैलीमा भन्छ । बेस्सरी पेट मिचिमिची खित्का छोड्दै हँसाउँदै भन्छ ।’

चलचित्र नेपाली ग्रामिण समाजको कथावस्तुमा बनेको कमेडी शैलीको चलचित्र भन्ने बुझिन्छ । आगामी तिहार लगत्तै छायांकन हुने तयारीमा रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । चलचित्रलाई गोरखा, रोल्पा, पाल्पा, रसुवामा छायांकन गर्ने तयारीमा छ निर्माण टिम ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com