सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत भदौ ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘माग्ने राजा’ पनि आज सोमवार देखी हलहरु सञ्चालनमा आएसंगै पुनः प्रदर्शनमा आएको छ । बक्स अफिसमा सुखद व्यापार गरिरहेको चलचित्र गत भदौ २३ गतेदेखि चर्किएको जेन–जी प्रदर्शनका कारण प्रदर्शन रोकिएको थियो ।

अब चलचित्रमा समावेश ‘नो नट अगेन’ (हाम्रो माटो हाम्रो देश) बोलको गीतसमेत रिलिज गरिएको छ । उक्त गीतमा चलचित्रमा सबै कलाकारलाई स्थान दिइएको छ ।

सार्वजनिक गीतमा सबै कदीपक शर्माको संगीत र हर्क साउदको शब्द रचना तथा डेविड शंकर, सविन सुवेदी र सम्राट न्यौपानेको स्वर रहेको छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि फिल्म निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षसमेत हुन् ।

नरेन्द्र मैनालीले खिचेको चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्म्सले वितरण गरेको चलचित्रमा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत छ ।

केदार घिमिरेको पारिश्रमिकको चर्चा, प्रचार प्रसार आदिका कारण चलचित्रले हाइप बटुलेको हो । एक साधारण मानिसको असाधारण कथा चलचित्रमा प्रस्तुत गरिएको छ । यही चलचित्रबाट निर्देशक ऋषि लामिछानेले निर्देशनमा ८ वर्षपछि कमब्याक गरेका हुन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com