सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हाल देशभर चलेको आन्दोलन र त्यसपछि सृजना भएको परिस्थितिका कारण यसको प्रत्यक्ष प्रभाव चलचित्र क्षेत्रमा पनि परेको छ। यस्तो परिस्थितिका बावजुद यहि आउदो दशैको फूलपातीमा ४ नेपाली चलचित्रहरु प्रद्रशनमा आउने भएका छन ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’ हल  संचालनमाआय लगत्तै  तोकिएको मितिमा नै चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ। चलचित्रको ट्रेलर सार्वजनिक गरेर तोकिएको मितिमा नै चलचित्र रिलिज गर्ने तयारी रहेको बताइएको छ।

चलचित्र ‘माइतीघर’ पनि तोकिएको समयमा नै रिलिज हुने तयारीमा रहेको छ। साथै केहि दिनमा चलचित्रको ट्रेलर सार्वजनिक गरेर तोकिएको मितिमा नै चलचित्र प्रदर्शनमा ल्याउने तयारी रहेको बताइएको छ।

चलचित्र ‘बलिदान’ पनि तोकिएको मितिमा नै आउने भएको छ । निर्माता तथा निर्देशक सन्तोष शेनले चलचित्रको ट्रेलर यहि सातामा सार्वजनिक गरेर तोकिएको मितिमा नै चलचित्र प्रदर्शनमा ल्याउने जानकारी केहि दिन अगाडी गराएका थिए।

साथै शोही मितिमा चलचित्र‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको हो ।

दशैँको फूलपाती अर्थात् असोज १३ गते रिलिज तयारीमा रहेका यी सबै चलचित्र सोहि मितिमा प्रदर्शनको लागी तयार रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com