सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छन् । उमेरमै माया–प्र्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण भनको आञ्चलिक लय हो ।

कर्णालीका स्थानीयले बोल्ने शब्द प्रयोग गरिएको र सोही क्षेत्रको टोन रहेको गीतले बोलचाल र हासखेल गर्नु नै राम्रो रहेको बताउँछ ।

गीतमा हर्क साउदको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ । गीतको भिडियोका अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय छ । कृजन महतले भिडियो निर्देशन गरेका छन् ।

निकै सशक्त देखिएको भिडियोमा कलर ग्रेडिङ पनि राम्रो देखिएको छ । यो गीत झुमाले करिब दश वर्षदेखि गाउँदै आए पनि भिडियो भने अहिले निर्माण भएको हो ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com