सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । यो कार्यक्रमको लागि ‘सुनियान सुनियान’ गीतका चर्चित पञ्जावी गायक मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका हुन् ।

उनी नेपाल आइपुगेको जानकारी दिन बिहीबार साँझ लाजिमपार्टस्थित होटे मनास्लुमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जहाँ मिक्ससिंह जसले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए । भोली शनिबार साँझ ठमेलस्थित क्लब नोभामा करिब चार घण्टासम्म उनले दर्शक झुमाउने छन् । त्यहाँ पञ्जाबी भांगडा डान्ससहित १० ओटा प्रस्तुती रहने जानकारी दिइएको छ ।

पञ्जाबी पप नाइटको आयोजना स्किलमाण्डु नेपालले गरेको छ । यो कार्यक्रमका लागी जनरल दर्शकलाई १ हजारको टिकट राखिए पनि भिआइपी २ हजार र ग्रुपका लागि ५ हजार टिकट दर तय गरिएको छ । गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटन प्रवद्र्धनका लागि आफ्नो भम्रण विशेष हुने पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

‘आफ्नो सुपरहिट गीत ‘सुनियान सुनियान’मा करिब ३० प्रतिशत नेपाली फ्यानको प्रतिक्रिया आएकाले पनि मलाई नेपाल आउने इच्छा बढाएको थियो, उनले भने ‘म अबको तीन दिन नेपाल बसाईमा पशुपतिनाथ दर्शन, काठमाडौंका पुरातात्विक सम्पदा र सगरमाथा बेस क्याम्प घुम्ने योजना छ । हेरम यहाँको मौसमले साथ दिन्छ कि दिन्न, त्यसले आफ्नो सगरमाथा हेर्ने सपना निर्धारण हुनेछ ।’

यस्तै, आफुले थुप्रै नेपाली गीत पनि सुन्ने गरेकाले नेपाली संगीतप्रति समेत झुकाव बढेको उनले बताए । आफ्नो आगामी गीतको नेपालमा छायांकन गर्ने देखि ट्युनिङ मिलेको खण्डमा नेपाली संगीतकार तथा गायक÷गायिकासँग सहकार्यको इच्छा समेत व्यक्त गरेका थिए । त्यति मात्रै नभई आफुले नेपालको पयर्टन प्रवद्र्धनमा समेत सघाउन तयार रहेकाले त्यसमा लागि संगीत सवैभन्दा उत्तम माध्यम रहेको उनको बुझाई थियो ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com