सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली ब्याण्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्याण्डले यसपटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रियटुरका रूपमा अघि बढाउँदै अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने भएको हो । टुरको औपचारिक घोषणा बिहीबार गरिएको हो ।