सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन यस्तो कन्सर्ट शृङ्खला अघि सारेको हो।