सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावितहरूको सहयोगका लागि यतिबेला सर्वसाधारणदेखि कलाकारसम्म सक्रिय भएका छन्। यसैबीच, अभिनेत्री प्रियंका कार्कीले बाढीपीडितका लागि राहत सामग्री जुटाएकी छन्। आफ्नो टिमलाई प्रभावितका लागि ठूलो मात्रामा सहयोग सामग्री प्राप्त भएको उनले