सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: ‘कृष्णलीला’ फेम्ड निर्देशक दीपक वलीले निर्देशन गर्ने चलचित्र ‘कामिनो’मा प्रदिप खड्काको अपोजिटमा बर्षा शिवाकोटी चुनिएकी छन्। त्यस्तै राजबल्लभ कोइरालाले १० बर्षपछि चलचित्रमा कमब्याक गर्ने भएका छन्। कथाले मागे अनुसार उनको पात्रको सुटिंग अमेरिकामै हुने जानकारी बाहिरिएको छ।

प्रेम, रोमान्स र सस्पेन्स सहितको एड्भेन्चर ड्रामा ‘कामिनो’ले दक्षिण अमेरिकी मुलुक हुँदै पैदल यात्राबाटै अमेरिका प्रवेश गर्ने एक जोखिमपूर्ण यात्राको कथामा आधारित हुनेछ । चलचित्र ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने तयारी रहेको जानकारी निर्देशक वलीले दिएका छन् ।

दिपक वलीले निर्देशन गर्ने चलचित्रमा पटकथा तथा संवाद महेश दवाडीको रहनेछ भने कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनी भाषामा छायांकन गर्ने चलचित्रमा सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने छ। चलचित्रका अन्य कलाकार यहि फागुन भित्र तय गर्दै, चैतदेखि छायांकनमा उत्रिनेबारे निर्माण टिमले जानकारी गराएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com