सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली गित संगीतका एक उर्जाशिल संगीतकार अर्जुन पोखरेलको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत सार्वजनिक भएको छ। निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको प्रेमिल गितको भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्रीको साथमा नायक राज कटुवाल फिचर्ड छन्। दिग्गज धौरालीको शब्द रहेको गितले युवायुवतीको प्रेमका भाका गुणगुनाउदै दुइ प्रेमिल जोडी लुकिछिपी भेट्दै माया साटेका मिठा किस्सा पस्केको छ। माइकल चन्दको निर्देशन रहेको भिडियो झन सुन्दर बनेको छ श्रद्दा र राजलाई मज्जाले नचाएका छन्। उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको पनि अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com