सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

द सिनेमा टाइम्स, काठमाडौं – चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमामा ‘ह्रस्व दीर्घ’मा कलाकार प्रवेशको शिलशिला रोकिएको छैन । साउथका ब्रह्मानन्दमदेखि अभिनेत्री विपना थापासम्म अनुबन्धित भैसकेको सिनेमामा थप चार जना कलाकारको प्रवेश भएको छ । सिनेमाका लागि अभिनेता नरेन खड्का, कमेडियन आदर्श मिश्रा, लक्ष्मी पौडेल, वसिम राजासँग निर्माण टिमले सम्झौता गरेको हो ।

द्धन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तको डेव्यु निर्देशकिय सिनेमाबाट स्ट्यान्ड-अप कमेडियन आदर्शले पनि डेब्यू गर्न लागेका हुन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा उनको रोचक प्रस्तुतीले निकै प्रशंसा पाएको थियो । सिनेमामा चार जना कलाकारको प्रवेश हुँदा यसअघि नै सम्झौता भैसकेका अभिनेता सलोन बस्नेत भने बाहिरिएका छन् । होम प्रोडक्सनको सिनेमा ‘जय हो’सँग सेड्युल जुध्ने भएपछि सलोनले ‘ह्रस्व दीर्घ’ छाडेका हुन् ।

नीता फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिका रहनेछ । केही दिनदेखि सिनेमाको मुम्बईमा वर्कसप चलिरहेको छ । अहिले हरिहर र नीतासहित अन्य कलाकारहरु मुम्बईमा छन् । माघ अन्तिम साताबाट भारतको हैदराबादस्थित संसारकै सबैभन्दा ठूलो रामोजी स्टुडियोमा सिनेमाको छायांकन सुरु हुँदैछ । भारतपछि नेपालमा छायांकन हुनेछ ।

बलिउडका कवीरलालको छायांकन रहने सिनेमामा गरिमा शर्मा, सरोज खनाल, रविन्द्र झाका साथै साउथ सिनेमाबाट सुनिल वर्मा, प्रदीपराज रावत र अली पनि अनुबन्धित भइसकेका छन् । नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने सिनेमालाई नेपाल तथा भारतका सिनेमा हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com