सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको चलचित्रको मुहुर्त चलचित्रका कलाकार र प्राविधिकको उपस्थितिमा मुहुर्त गरिएको हो ।

चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहने छ  ।

मुहुर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहुर्त सट दिएका थिए । चलचित्रमा प्रियंका र कमला आमाछोरीको भूमिकामा देखिनेछन  ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ’, निर्देशक बलामीले भने ।

मंगलबारबाट छायांकनमा जाने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिने छ  ।

चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ  ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com